Monday, October 19, 2026
Latest:
अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

अमेरिका र स्कटल्याण्डसँग खेल्न नेपाली टोली घोषणा

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १०,

मुलुकमा नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका भ्रमणमा रहेका नेपाली टोलीको घोषणा गरेको छ। आइसीसी लिग २ अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। दुई जनालाई भने ‘रिजर्भ’मा राखिएको छ। लिग २ अन्तर्गतका खेलमा नेपालले अहिलेसम्म एउटा खेलमात्र जितेको छ। घरेलु मैदानमा भएको खेलमा नेपालले नेदल्यान्डसलाई पराजित गरेको थियो। बाँकी ३ खेलमा पराजय व्यहोरेको थियो। हालै क्यानडामा सम्पन्न खेलमा पनि नेपाल तीनवटा खेलमा पराजित भएको थियो। ओमानसँग एक खेल भने वर्षाका कारण स्थगित भएपछि नेपालले एक अंक जोडेको थियो। नेपालले ८ खेलमा ३ अंक जोडेर तालिकाको सातौं स्थानमा छन्। नेपालभन्दा मुनि २ अंकसहित युएई पुछारमा छन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। देव खनाल र सागर ढकाल रिजर्भमा रहेका छन्। १२ मध्ये ८ खेल जितेर क्यानडा १६ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै १२ अंकसहित अमेरिका दोस्रो, १२ अकंसहित नै नेदरल्यान्ड्स तेस्रो, ११ अंकसहित स्कटल्याण्ड चौथोमा, १० अंकसहित नामिबिया पाँचौं र ६ अंकसहित ओमान छैटौं स्थानमा छ। ओडीआई स्टाटस जोगाउनका लागि पनि नेपालले बाँकी खेलमा संघर्ष गर्नुपर्नेछ।

Like