२ जना लागू औषधसहित पक्राउ

Share to:

मिनबहादुर कुँवर/कास्की, कार्तिक ०६,

मुलुकमा लागूऔषधसहित पोखराबाट २ जना पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका-५ का ३० वर्षीय बल बहादुर विश्वकर्मा र धौलागिरी गाउँपालिका-४ का ३५ वर्षीय नर कुमारी घर्ती रहेका छन्। घर्तीले टोपीमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माले बताए। पोखरा महानगरपालिका-२५ हेम्जामा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँज गर्ने क्रममा ग २५ प ६५८८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध फेला परेको हो। लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।

Like