पुनः त्रिभुवन विमानस्थलमा उडान सुरु

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ०६,

मुलुकमा भिस्टारा एयरको विमानमा बम राखेको हल्लापछि बन्द गरिएको विमानस्थलको उडान तथा अवतरण पुन: सुरु भएको छ। यद्यपि, नेपाली सेनाको विशेष टोलीले सर्च अपरेशन जारी राखेको छ। भारतको नयाँ दिल्लीबाट काठमाडौं आएका भिस्टारा एयरको ‘यूके १५५’ कलसाइन भएको विमानमा बम रहेको सूचना प्राप्त भएपछि सेनाको बम डिस्पोजल टोलीले विमानलाई सुरक्षित क्षेत्रमै राखेर खोजी गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमानस्थलको नियमित उडानमा हाल कुनै अवरोध नरहेको र केवल भिस्टाराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न नदिइएको जानकारी दिए। सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार प्रारम्भिक सर्चमा कुनै शंकास्पद वस्तु भेटिएको छैन। यात्रुहरूलाई सुरक्षित तरिकाले झारिसकिएको छ, र ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ भने लगेज र कार्गोको सर्च जारी छ।

Like