आज नवमी श्राद्ध, अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १०,

नवमी श्राद्ध
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ? वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।नवमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस
आणविक हतियारहरूको पूर्ण उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, जसलाई आणविक हतियार उन्मूलन दिवस पनि भनिन्छ, संयुक्त राष्ट्र संघले हरेक वर्ष सेप्टेम्बर २६ मा मनाइने अन्तर्राष्ट्रिय उत्सव हो। दिनले आणविक निशस्त्रीकरणको कारणलाई बढावा दिन्छ। यस दिवस सन् २०१३ मा स्थापना भएको थियो। संयुक्त राष्ट्र संघका पुर्व महासचिव स्वर्गीय कोफ़ी अन्नानले भन्नु भएको थियो “परमाणु हथियारहरु देखि कुनै एक देशको लागि पैदा भएका खतरा, सबै देशहरुको लागि खतरा मान्नुपर्छ।” विश्वलाई नै परमाणु निषेध बनाउने संयुक्त राष्ट्र संघको सबैभन्दा पुरानो लक्ष्य हो। यो सन् १९४६ मा बसेको राष्ट्रसंघ महासभाको पहिलो संकल्पको विषय पनि बनेको थियो। यो दिवसले विश्व समुदायलाई प्राथमिकताको रूपमा विश्वव्यापी आणविक निशस्त्रीकरणको लागि आफ्नो प्रतिबद्धता पुन पुष्टि गर्ने अवसर प्रदान गर्दछ। यसले जनतालाई शिक्षित गर्ने अवसर प्रदान गर्दछ र नेतृत्व तहमा त्यस्ता हतियारहरू हटाउनका वास्तविक फाइदाहरू, र तिनीहरूलाई कायम राख्नको सामाजिक र आर्थिक लागतहरूको बारेमा पनि चेतना दिने काम गर्दछ ।

Like