स्वतन्त्र पत्रकार संघका सल्लाहकार पुरस्कृत हुँदै

Share to:

रासंसा/काठमाण्डौं, आश्विन ९,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार ज्येष्ठ पत्रकार रामकृष्ण कर्माचर्य चन्द्रलक्ष्मी कर्मचार्य जेष्ठ नागरिक सम्मान पुरस्कृत हुँदै हुनुहुन्छ ।
लेखनाथ उध्योग बाणिज्य संघले संचालन गर्दै आएको चन्द्रलक्ष्मी कर्मचार्य जेष्ठ नागरिक सम्मान पुरस्कार यस बर्ष स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार ज्येष्ठ पत्रकार एवं राष्ट्रिय जेष्ठ नागरिक कोषका संस्थापक अध्यक्ष रामकृष्ण कर्मचार्यलाई प्रदान गर्ने निर्णय गरेको जानकारी गरेको छ । आज भन्दा ८० बर्ष अगाडि पाटनमा जन्मिएका कर्मचार्यले लामोसमय देखि पत्रकारितामा संम्लग्न भएर जेष्ठ नागरिकका हितमा कार्य गर्दै आउनु भएको छ । संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले आफू र आफना जीवन संगिनी स्व. लक्ष्मी सुन्दरीका नाउमा पुरस्कार हेतु कोष स्थापना गरि लेखनाथ उध्योग बाणिज्य संघलाई पुरस्कार संचालन र ब्यवस्थापनको जिम्मेवारी दिनु भएको हो । पुरस्कारको राशी रु १ लाख १ हजार रहेको छ । यस अघि उक्त पुरस्कारद्वारा पत्रकार नारायण कार्की, कुशुमकेशव पराजुली र जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष भक्तराज श्रेष्ठ सम्मानितभै सकेका छन । सो पुरस्कार आगामी असोज १२ गते संघको बार्षिक सभामा प्रदान गरिने जनाइएको छ ।

Like