आज दशमी श्राद्ध, विश्व पर्यटन दिवस
रासंसा/काठमाण्डौ, आश्विन ११,
दशमी श्राद्ध
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ । सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ? वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्, दशमी तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।
विश्व पर्यटन दिवस
अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशैलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको छैन । सहज पर्यटन संसारका सबै जनाको पहुँचमा हुनुपर्दछ जसले गर्दा हामी बाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकुन, अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्त्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा व्यापक रूपमा जानकारी र छलफल गरिन्छ । सबैका लागी पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठुलो उद्योग हो, हामी घरमा बसिरहेका छौ या कतै यात्रा गर्दै छौ, हुन सक्छ कुनै अपाङ्गता या चोटपटकका कारणले या साना बच्चाहरूको भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्ध वृद्धाहरू कहिकता घुम्न जान या पर्यटनको लाभउठाउन वञ्चित भइरहेका होलान्, तर ढिलो या चाँडो पर्यटनको विश्वव्यापी सहज पहुँच र पर्यटनको फाइदा सबै जनाले प्राप्त गर्न पाउनुपर्दछ ।वर्ष २०२४ मा चाहिँ विश्व पर्यटन दिवसको नारा चाहिँToursim and Peace” रहेको छ ।