सहकारी छानबिन विशेष समितिको प्रतिवेदनलाई अन्तिमरूप दिँदै, आजै प्रधानमन्त्री ओलीसँग छलफल गर्ने

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २९,

मुलुकमा सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ। आज बेलुका ५ बजे बेलुका सिंहदरबारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्न बोलाएको हो। संसदीय छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल अगाडि बढाएको छ। यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो। समितिले तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार गर्न नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ। समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो। समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए।

Like