अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

जावलाखेलमा रातो मच्छिन्द्रनाथको रथलाई पुर्‍याइयो

Share to:

रासंसा/ललितपुर, श्रावण १७,

मुलुकमा वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइएको छ। गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुार ललितपुर महानगरपालिकास्थित पुल्चोकका स्थानीयवाबासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँबासीले संयुक्तरूपमा रथलाई तानेर जावलाखेल पुर्‍याएका हुन्। रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो। रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ। सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन्। परम्परागत बाजा, झाँकीसहित रातो मछिन्द्रनाथको रथ तानिएको थियो। गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो।

Like