नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य प्रमुख अतिथिसंगे विशेष अतिथिकासाथ सम्मानित

Share to:

रासंसा/सिन्धुपाल्चोक, आषाढ १६,

मुलुकमा सेतीदेवी खाँडादेवी युवा क्लब लिसंखुपाखर – ७, सिन्धुपाल्चोकद्वारा नागेश्वरी, तीनचुले,बाैध्दमा प्रथम पटक आयाेजित रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५५ जनाले रक्तदान गरि सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई क्लबका अध्यक्ष सुबाष रसइलीद्वारा खाडा लगाइ सम्मान गरिएको साे कार्यक्रमकाे शुभारम्भ क्लबका अध्यक्ष सुबाष रसइलीलाई रक्त संकलन थैली प्रदान गरि गरिएकाे थियो । सहभागी रक्तदाताहरूलाई क्लबका अध्यक्षद्वारा प्रमाण-पत्र बितरण गर्नुभएको थियो । साे रक्तदान कार्यक्रममा अतिथिहरू क्रमशः चाैहान समाजका अध्यक्ष बिष्णु चाैहान,नागेश्वोरी टोल सुधार समितिका अध्यक्ष लाक्पा पुर्ब शेर्पा,लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा साेहि गाउँपालिका सदस्य रबीन्द्र दर्नाल,कमल दर्नाल र प्रकाश रसइली हुनुहुन्थ्यो ।

त्यसैगरि, राष्ट्रिय धान दिवसकाे उपलक्ष्यमा तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्लाकाेटीकाे प्रमुख आतिथ्यतामा काभ्रेस्थलीम स्वास्थ्य चाैकीमा बिशेष रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । बिशेष अतिथिद्वय: राधाकृष्ण खड्गी र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य रहनुभएको छ भने अतिथिहरूमा क्रमशः नेपाल इलेक्ट्रिसिएन संघका अध्यक्ष दामोदर प्याकुरेल,वडा सदस्य किशाेर भण्डारी,चाैकी प्रमुख बिजयकुमार देव, तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्याल,वडा नम्बर २ का सचिव सबिना शर्मा र वडा नम्बर २ का सदस्य गीता जैरू रहनु भएको थियो । साे बिशेष कार्यक्रममा प्रमुख अतिथिद्वारा कार्यक्रमका बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक अभिनन्दन गरिएको थियोे । नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयालकाे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमकाे सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका सचिव अनिल भण्डारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा जम्मा ६५ जनाले रक्तदान गर्नुु भएको छ । रक्तदाताहरूलाई कार्यक्रमका बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण-पत्र बितरण गर्नुभएको थियो ।

Like