नागरिक उन्मुक्तिको प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २९,

मुलुकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी छन्। उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जनै सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशनसमेत दिएकी छन्। सरकारमा जाने/नजाने विषयमा श्रीमान श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन्। उनका श्रीमान रेशम चौधरीले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले-माओवादी गठबन्धनमा जाने पक्षा छिन्। जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ। ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ। निर्वाचन आयोगले अध्यक्ष रेशम चौधरीलाई अयोग्य ठहर गर्दै पुरानै कमिटी व्युँताएको थियो। सोमबारमात्रै बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले संघ र प्रदेशमा समन्वय गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो। समितिमा उपाध्यक्ष दामोदर पण्डित, रामलाल थारू र रमेश विश्वकर्मा रहेका छन्।

Like