ककनीमा सञ्चालनमा आयो होमस्टे

Share to:

रासंसा/काठमाण्डौ, माघ २१,

मुलुकमा संघिय राजधानी काठमाडौंको बालाजु बाइपासदेखि पासाङ ल्हामु राजमार्ग हुँदै जम्मा २२ किमी सडकयात्राबाट पुग्न सकिने नुवाकोटको पर्यटकीय गन्तव्यस्थल ककनीमा ‘ककनी होमस्टे’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी प्रकाशचन्द्र लोहनीले करिब ५ करोड रुपैयाँ लगानीमा ककनी होमस्टे सञ्चालनमा ल्याएका हुन । सन् २०२० बाट होमस्टे निर्माणको काम थालेका लोहनीले आवस्यक सबै पूर्वाधार तयार गर्ने र आकर्षक भवन बनाउने काम सम्पन्न भएपछि बल्ल यो होमस्टे सञ्चालनमा ल्याएका हुन । उनको यो होमस्टेमा हाल ५ वटा आकर्षक कोठा, एउटा सेमिनार हल, ठुलो गार्डेन र दाहुराको आगो बालेर खाना पकाउने चुल्लोघर लगायत विभिन्न संरचना एवं पूर्वाधर रहेका छन । सन् १९९४ बाट नेपालको पर्यटन क्षेत्रमा संलग्न लोहनीले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नुवाकोटको पर्यटकीय गन्तव्यस्थल ककनी गाउँपालिकाको ककनी बजार जनिकै ककनी भन्ज्याङबाट थोरै रानिपौवा तर्फ जानेक्रममा पासाङ ल्हामु राजमार्गको बाँयातर्फबाट सडकको माथिल्लो भागमा ३ रोपनी क्षेत्रफलको जग्गा किनेर करिब ५ करोड रुपैयाँ लगानीमा यो होमस्टे निर्माण गरि सञ्चालनमा ल्याएका हुन । यो होमस्टे एक पटकमा करिब ३० जना पाहुना आरामदायी रुपमा बस्न र खान सक्ने क्षमताको छ । एकरात बस्नलाई यहाँ प्रतिव्यक्ति जम्मा २२ सय रुपैयाँ मात्र लाग्ने जानकारी गराउँदै ककनी होमस्टेका सञ्चालक लोहनीले भने, ‘यो होमस्टे निर्माण गरि सञ्चालनमा ल्याउनेबेला हामीले पूर्वाधार निर्माण खर्चमा कुनै कमी गरेकै छैनौं’ । अहिले यस होमस्टे सञ्चालन सुरु भएको अवसरमा प्रति व्यक्ति २२ रुपैयाँमा स्न्याक्स, डिनर, ब्रेकफस्ट र एकरात बस्ने व्यवस्था सहितको आकर्षक प्याकेज दिएको जानकारी गराउँदै उनले बजभोज, कर्पोरेट पिक्नीक, स्कुल कलेजको हाइकिङ भ्रमण कार्यक्रम,कृषि फाम भिजिट, साइक्लिनीङ, पदयात्रा भ्रमण, हाइकिङ, स्टेवरी बालीको फाम अवलोकन भ्रमण, स्पेशल दाउरामा पकाएको अर्गानिक खाना खान पाइने लगायत यो होमस्टेको आकर्षण रहेको बताए । आफुले यो होमस्टेको भवन तथा बाथरुम सहितको कोठा बनाउँदा धेरै लगानी गरि आकर्षक डिजाईन निकालेर बनाएको बताउँदै उनले यो होमस्टेमा पाक्ने खाना लगायत सबै स्थानीय उत्पादन नै उपयोग गरिएकाले एकदमै अर्गानिक र हाइजेनिक रहेको दावी गरे । विशेषगरि स्थानीय उत्पादनको उपयोग गरि गाउँघरको रैथाने बाली र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उदेस्यले नै आफु जन्मिएको दाङमै बेल्कोटगढी नगरपालिका–१२ भन्दा केही दुरी यता ककनीमा यो होमस्टे सञ्चालनमा ल्याएर आफ्नो जन्मथलोलाई चिनाउने प्रयास गरेको लोहनीले बताए । उनले रेस्क्यु कम्पनी, जाम्पा होटल र बल्थली इकोहिल रिसोर्ट सञ्चालनपछि लगानी विस्तारको क्रममा अहिले ककनी होमस्टे सञ्चालनमा ल्याएको बताए । उनले नेपाल भ्रमणमा आएका विदशी पाहुनालाई गाउँमा पुर्याएर उनीहरुले गरेको खर्चको केही हिस्सा गाउँका किसानलाई पनि दिलाउने र स्थानीय उत्पादनको उपयोग गरि गाउँका नागरिकलाई पनि आर्थिक रुपले सम्पन्न बनाउने लक्ष्यकासाथ आफुले पछिल्लो समय ककनी होमस्टे सञ्चालनमा ल्याएको बताए । काठमाडौको ठमेलमा जाम्पा होटल, काभ्रेको बल्थलीमा बल्थली इको हिल रिसोर्ट सञ्चालनको अनुभवपछि नुवाकोटको ककनीमा यो ककनी होमस्टे सञ्चालनमा ल्याएका सफल पर्यटन व्यवसायी लोहनी अल्पाइन रेस्क्यु सर्भिस प्रालिका अध्यक्ष हुन । विशेष गरि देसका भिभिन्न हिमाली एवं पहाडी भूभागमा पुगेर आपतमा परेका पर्यटकलाई हेलिकोप्टरबाट रेस्क्यु गरि उपचारको व्यवस्था मिलाउने काममा सक्रिय पर्यटन व्यवसायी बल्थली इको हिल रिसोर्टको पनि अध्यक्ष हुन । उनले रेस्क्यु कम्पनी, जाम्पा होटल र बल्थली इकोहिल रिसोर्ट सञ्चालनपछि लगानी विस्तारको क्रममा अहिले ककनी होमस्टे सञ्चालनमा ल्याएको बताए । उनले नेपाल भ्रमणमा आएका विदशी पाहुनालाई गाउँमा पुर्याएर उनीहरुले गरेको खर्चको केही हिस्सा गाउँका किसानलाई पनि दिलाउने र स्थानीय उत्पादनको उपयोग गरि गाउँका नागरिकलाई पनि आर्थिक रुपले सम्पन्न बनाउने लक्ष्यकासाथ आफुले पछिल्लो समय ककनी होमस्टे सञ्चालनमा ल्याएको बताए । आफु अध्यक्ष रहेका लोहनीले झन्डै दुईदशक वैदेशिक रोजगारीकालागि कतार बसेर स्वदेश फर्किएका आफ्नो कान्छो भाई ज्ञानेन्द्र लोहनीलाई यो होमस्टे सञ्चालनकालागि प्रमुख व्यवस्थानपकको जिम्मेवारी दिएका छन । यसैगरी गुणराज थपलियालाई बजार व्यवस्थापकको जिम्मेवारी दिएका छन । उनले आफुसँग भएको तिन दशकबढीको पर्यटन व्यवसायको लामो अनुभवकै आधारमा यसरी एकपछि अर्को गर्दै मुलुकको पर्यटन उद्योगमा लगानी विस्तार गरिरहेको बताए । ककनी गाउँपालिकासंगको सहकार्यमा आफुले यो होमस्टे आसपासका क्षेत्रमा हाइकिङ गर्ने बाटो निर्माण लगायत धेरै काम गरिरहेको जानकारी गराए । यहाँबाट नाङगो आँखाले लाङटाङ,गणेशहिमाल, जुगल, अन्नपूर्ण, सगरमाथा, गौरिशंकर हिमाल लगायतको मनोरम दश्यावलोकन गर्न पाइँने छ । बिहानको झुल्के घामसँगै सुरुहुने ककनी क्षेत्रको पदयात्रा भ्रमण एवं हाइकिङ पनि निकै रोमान्चक हुने छ । सहुलियत मुल्यमा एकदमै राम्रो अर्कानिक खाना दिएर आफुहरुले यो होमस्टेबाट विदेशी तथा स्वदेशी पाहुँनाको मन जितेर अघि बढ्दै जाने लक्ष्य लिएको प्रकाशचन्द्र लोहनीले बताए । उनका अनुसार नेपालमा घुम्ने ठाउँ अनगिन्ती छन् । तीमध्येको एक आकर्षक भ्रमणस्थल हुन सक्छ नुवाकोटको ककनीस्थित यो होमस्टे । ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण यो भूमि एक पटक पुग्नै पर्ने गन्तव्य हो । इतिहासका दृष्टिले यो सामरिक महत्वको स्थल पनि हो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपछि यस क्षेत्रलाई नुवाकोट र बेल्कोटगढी दरबार गरि २५ वर्ष मुलुकको शीतकालीन राजधानी बनाए । यस हिसाबले पनि नुवाकोट ऐतिहासिक छ । यससँगै भृकुटीको नेपाल–चीन घरमाइती गर्ने र वास बस्ने स्थल समेत यो ठाउँ रहेको तथ्य धेरैलाई थाहा नहुन सक्छ । काठमाडौबाट नजिकैको पर्यटकीय गन्तव्य ककनी पुग्ने हरुकालागि राम्रो आरामदायी भ्रमणको माध्यम भनेकै ककनी होमस्टे हो । जहाँ बसाइ सुलभ होस् र सुपथ पनि । पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्नु अघि नुवाकोट निकै शक्तिशाली राज्यको रुपमा चिनिएकोले पनि यो ऐतिहासिक संग्रहालयको हो । यसको अध्ययन गर्न स्वदेशी तथा विदेशी अध्येताहरु ककनी हुँदै नुवाकोटका विभिन्न ठाउँमा पुग्ने गर्दछन् । बिदुर, बेलकोट नगरपालिकासहित १० वटा गाउँपालिका रहेको नुवाकोट जिल्लाको पर्यटकीय गन्तव्यस्थल ककनी लगायत सबै क्षेत्रको आ–आफ्नै ऐतिहासिक विविधताले भरिएको छ । रसुवा जिल्लाको लाङटाङ, केरुङ, गोसाईकुण्ड घुम्न जाने पर्यटकहरु एक दिन भए पनि नुवाकोटमा बस्ने वातावरण स्थानीय सरकारले बनाउनु जरुरी भइसकेको उनको भनाई छ । अहिले यहाँ काठमाडौ–त्रिशुली धुन्चे जोड्ने पुरानो सडक पासाङ ल्हामु राजमार्ग विग्रिएको लामो समय भएकाले यस क्षेत्रको पर्यटकीय गतिविधीमा धेरै असर पुगेको बताए । २०७१ सालदेखि सडक चौडा गर्ने नाममा बिगारिएको यो राजमार्ग जतिसक्दो छिटो पिचहुनुपर्ने उनको माग छ । ककनीको पर्यटकीय गतिविधीलाई कोरोना महामारि भन्दा पहिलाकै अवस्थामा फर्काउन यो सडक निर्माणमा जतिसक्दो छिटो सरकारको ध्यान जानुपर्ने उनको भनाई छ । नेपाल भूपरिवेष्टित राष्ट्र हुनुको साथै प्राकृतिक दृष्टिले मनोरम छ । गाउँ नै गाउँले भरिएर बनेको एउटा सुन्दर देश नेपाल भएकाले यि गाउँलाई विकासको बाटोमा डोर्याउने उत्तम उपाय भनेकै ग्रामीण पर्यटन हो । ग्रामीण भेगका मनोरम दृश्य, खुला वातावरण, रमाइला पदयात्रा, स्वच्छ हावापानी, परम्परागत धर्म संस्कृति, रहनसहन आदि आकर्षणको केन्द्र हुन् । यस्ता समाजसँग सम्बन्धित जीवनशैली सम्बन्धित पक्षहरुले संरक्षण, सम्बद्र्धन गर्न सके ग्रामीण भेगका जनताको आर्थिक स्तर उक्सिन सक्छ भन्ने ठानेर नै आफुले ककनी होमस्टे सञ्चालनमा ल्याएको लोहनी बताउँछन । धार्मिक तथा ऐतिहासिक स्थलहरुमध्ये पर्यटकीय दृष्टिले प्रमुख गन्तब्यको रुपमा नुवाकोट एक हो । पर्यटनले नेपाल जस्तो विकासशील मुलुकका लागि आर्थिक गतिविधिका लागि आशलाग्दो भविष्यतर्फ निर्दिष्ट गर्न सक्छ । सफा ओछ्यानमा सुताएर पाहुँदाको सत्कार गर्ने गाउँले जिवनको विकसित रुप नै आजको घरवास हो । पाहुना घरमा आउछन्, घरमा नै पाकेको सादा खाना, ढिँडो, सिस्नु, सागसब्जी, अचार, दाल, दही मोही जस्ता खानाले पर्यटकको स्वागत गर्ने हो । नेपालको इतिहासमा सन् १९९७ मा स्याङजाको सिरुवारीमा सुरु भएको होमस्टे अहिले नेपालकै उत्कृष्ट सेवा र आकर्षणका रुपमा लिन सकिन्छ । घरवास नेपाली समुदायको पहिचान हो । प्राचीन पद्धति पनि हो । जहाँ साँझमा आउने पाहुनालाई घरमा वास दिने प्रचलन अहिले पनि छँदैछ । मिठो मसिनो घरमा जे पाकेको छ, त्यही दिने, सफा स्वच्छ ओछ्यानमा सुत्न दिने, पारिवारिक वातावरण दिने संस्कार लाई आत्मसाथ गर्दै आफुले यो होमस्टे सञ्चालन गरेको लोहनीको भनाई छ । घर जस्तो रहे पनि सफा, आरामदायी ओछ्यानले पर्यटकको मन लोभ्याउने बातावरण सृजना गर्नु हो । यस्ता साधारण कार्यले पर्यटकको मन जित्न सकिन्छ । गाउँको प्रबद्र्धनमा सघाउ पुर्याउँछ । त्यस्तै, एउटा विदेशी पर्यटकलाई सहरमा अवस्थित तारे होटलमा भन्दा ग्रामीण भेगका साधारण परिकार खाएर, स्वच्छ हावापानी र गाउँले जीवनसँग घुलमिल गराउने वातावरण सिर्जना गरिनुपर्छ भन्ने सोचका साथु आफुहरुले यो होमस्टेमा यतिधेरै लगानी गरेको लोहनी बताउँछन ।

Like