६० हजारभन्दा बढी चराचुरुङ्गी चीनको प्रकृति आरक्ष केन्द्रमा
एजेन्सी,
विश्वमा स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन्। हेबेई प्रान्तीय वानिकी र घाँसे मैदान विभागका विज्ञ एन चुनलिनले जाडो सामान्यभन्दा चिसो हुँदा ६० हजारभन्दा बढी चराहरूलाई केन्द्रमा बासस्थान र प्रशस्त खाना प्रदान गर्ने बताए। हालै सञ्चालन गरिएको २०२३र०२४ मा सञ्चालन गरिएको पानीमा बस्ने चरा अनुगमन अभियानको क्रममा कर्मचारीहरूले हेङ्सुई लेक नेसनल नेचर रिजर्भमा ७० प्रजातिका चराहरू फेला पारेको केन्द्रका झाङ युगुआङले बताए। सर्वेक्षणको नतिजाले आरक्षको पारिस्थितिकीय वातावरणमा सुधार र पारिस्थितिकीय संरक्षणमा यसका उपलब्धिहरू प्रतिबिम्बित गर्दछ। यो पूर्वी एसियाली–अष्ट्रेलियाली उडान मार्गमा प्रवासी चराहरूको बासस्थानको लागि रोकिन महत्वपूर्ण ठाउँ पनि हो। यहाँ प्रकृति आरक्षका कर्मचारीहरूले अहिलेसम्म ३३४ प्रजातिका चराहरू अवलोकन गरिसकेको बताएका छन्। हेबेईको हेङ्सुई सहरमा अवस्थित हेङ्सुई ताल, उत्तरी चीनको मैदानमा सबैभन्दा ठुलो एकल पानीको सतह भएको राष्ट्रिय प्रकृति आरक्ष हो। आरक्ष र वरपरका क्षेत्रमा सिमसार, ताल, घाँसे मैदान र घना जङ्गलले पर्यावरणलाई सन्तुलित पारेको छ।