प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले चीनको वृद्धि

Share to:

एजेन्सी,

चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको यहाँको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार सन् २०२३ मा कुल ११ करोड ९९ लाख ७० हजार टन प्राकृतिक ग्यास आयात गरिएको थियो। यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले वृद्धि हो। चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशत बढी हो। डिसेम्बरमा मात्रै चीनले एक करोड २६ लाख ५० हजार टन प्राकृतिक ग्यास आयात गरेको छ। वृद्धिदर नोभेम्बरको तुलनामा १६.४ प्रतिशत बढी रहेको विभागले जनाएको छ।

Like