भारतीय संसदमा प्रवेश गरी वितण्डा मचाउने समूहका थप दुई जना पक्राउ

Share to:

एजेन्सी,
विश्वमा भारतीय संसद (लोकसभामा)मा वितण्डा मचाउने समूहका थप दुई जना पक्राउ परेका छन्। दिल्ली प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लंघन मामिलामा उनीहरूलाई पक्राउ गरेको हो। महेशले पाँचौं अभियुक्त तथा मास्टरमाइन्ड ललित झालाई दिल्लीबाट राजस्थानको कुचामन पुगेपछि उनका साथीहरूको मोबाइल फोन जलाउन पनि सहयोग गरेका छन्। अर्कातिर हिजो राति दुई प्रहरी अधिकारीसहित वरिष्ठ प्रहरी अधिकारीहरूले ललित झासँग सोधपुछ गर्दा उनले सम्पूर्ण घटना बताएका थिए। पक्राउ परेका महेश र कैलाश दुवै राजस्थान निवासी हुन्। उनीहरूको ‘जस्टिस फर आजाद भगत सिंह’ नामक सामाजिक सञ्जाल समूहसँग कथित सम्बन्ध रहेको बताइएको छ। स्पेसल सेलको काउन्टर इन्टेलिजेन्स युनिटको सोधपुछमा महेश पनि आक्रमणकारी टोलीमा समावेश हुन लागेको तर केही कारणले उनको परिवारका सदस्यले रोकेको सार्वजनिक भएको छ। स्रोतका अनुसार हमलाको तयारी धेरै महिनाअघि भएको थियो। संसद्मा जुत्ताको जाँच गरिँदैन भन्ने थाहा पाएर जुत्ताभित्र धुवाँको डिब्बा सजिलै लैजान सकिन्छ भनी लखनऊमा दुई जोडी जुत्ता विशेष अर्डरमा बनाइएको पनि खुलासा भएको छ।

Like