स्मार्ट सेल डुबाउनले नै एनसेल हात पारेको खुलासा
रासंसा/काठमाण्डौ, मार्ग १९,
मुलुकमा विसं २०८६ पछि कानुनी रुपमा नेपाल सरकारको मातहतमा आउने एनसेललाई कौडीको भाउमा नेपाली लगानीकर्ताकै सक्रियतामा खरिद विक्रि भएपछि सर्वत्र चासोको विषय बनेको छ । एनसेल २०८६ सम्ममा वैधानिक रुपमा सरकारले जाने भएपछि आत्तिएको आजियताले सरकारलाई हक हस्तान्तरण गर्नुको सट्टा भित्रि चलखेल गरी ६ अर्बमा नेपाली लगानीकर्ता आचार्यलाई दिएका हुन् । २०८६ सम्म वैधानिक रुपमा आजियतालाई नै नाफा दिने र सरकारलाई हस्तान्तरण गर्ने समयपछिको अधिकार आचार्यको कम्पनीलाई दिइने खेल खेलिएको छ । एनसेल र स्मार्ट सेलमा २० प्रतिशत शेयर रहेका सतिसलाल आचार्यले शुरुमा स्मार्ट सेल बन्द गराएर सोको लाइसेन्स एनसेललाई किन्न लगाइ दुरसञ्चारमा एकछत्र राजगर्ने प्रपञ्च खेलेका थिए । सो प्रपञ्चमा सफल भइ आजियताको ८० प्रतिशत अर्थात २ खर्बको शेयर पनि ६ अर्बमा हात पारेपछि यसको भित्रि नियतमा सवैको चासो बढेको छ । स्मार्ट सेललाई डुबाएर त्यसको लाइसेन्स एनसेललाई भिडाउन कानुनसम्म संशोधन गराइसकेका आचार्यले स्मार्टको लाइसेन्स ६ अर्बमा हात पारेर एनसेललाई पुन ९ वर्ष वैधानिक रुपमा चलाउनेछ । खर्बौंको सम्पत्ति जम्माजम्मी १२ अर्बमा हात पारेर सो पश्चात शेयर निष्काशन गरी कमाउने दाउ आचार्यको रहेको आशंका समेत गर्न थालिएको छ । प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्री’bout चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन् । यसैंबीच प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयकाअनुसार राजश्व विभाग लगायतका निकायलाई एनसेलको सेयर खरिदको छानबिन गर्न निर्देशन दिएका हुन् । यसअघि एनसेलको सेयर बिक्री’bout संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो । संघीय संसदका सभामुख देवराज अर्यालले पनि यो विषयमा चासो लिइसकेका छन् । विदेशी लगानी रहेको एनसेलबाट मलेसियन होल्डिङ कम्पनी आजियाटाले ८० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनीलाई विक्री गरेको थियो । यसैंबीच एनसेलको शेयर खरिद–विक्री सम्बन्धमा सरकारले अध्ययन गर्ने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको नेतृत्वमा अध्ययन समिति बनाइने भएको छ । १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियाटाले ६ अर्ब ६५ करोडमा बिक्री गरेर नेपाल सरकारलाई करमा हानी पु¥याउने उद्देश्य देखिएको भन्दै सरकारले छानविन गर्न लागेको हो । यो विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले एनसेलबाट सेयर झिकेर मलेसियन कम्पनी आजियाटाले कर छल्न खोजेको हुनसक्ने शंका गरेकी छन् । सात वर्षअघि स्विडेनको टेलिया सोनेराले एनसेलको ८० प्रतिशत शेयर आजियाटालाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बिक्री गरेको थियो। तर आजियाटाले अहिले स्पेक्ट्रेलाइटलाई खरिद गरेको भन्दा ९६.३४ प्रतिशतले घटाएर पाँच करोड अमेरिकी डलर अर्थात् ६ अर्ब रुपैयाँ मात्रै बिक्री गरेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई पत्र नै लेखेर उनले एनसेल खरिद प्रकरणको अनुसन्धान गर्न आग्रह गरेकी छन् । उनले टेलियासोनेराले आजियटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र आजियटाले कबोल गरेको क्यापिटल गेन कर (पुँजीगत लाभकर) पूर्ण भुक्तानी गरेको छ कि छैन भनेकी छिन् र यसबाहेक ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति छ र आजियटा बाहिरिएको अवस्थामा तिर्ने जिम्मा कसको हुन्छ भनेर पनि सोधेकी छिन् । यसैंगरी स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपालमा सञ्चालित निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको कर छली र सेयर खरिदबिक्रीसम्बन्धी भ्रष्टाचार काण्डमा नेपालका सबै राजनीतिक दलका नेताहरूको सहभागिता रहेको आरोप लगाएका छन् । सांसद सिंहले गलत मनसायका साथ छ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरे । यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन करको सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन ?भनेर पनि प्रश्न गरेकी छिन् । उक्त घोटालामा नेपालका बैंकहरु पनि मुछिएको सांसद सिंहको दाबी छ । छ अर्बमा कम्पनी बिक्री भए पनि एनसेलले नेपालका तीनवटा बैंकबाट ४० अर्ब ऋण दिएको उनले बताए । यसैंगरी प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले सामाजिक संजाल एक्समा ट्वीट गर्दैसांसद केसीले भने, ’१ खर्ब ६४ अर्बमा एजियाटाले किनेको एनसेल ६ अर्बमा बिक्री हुनु, ५ प्रतिशत सेयरको ७ अर्ब र ८० प्रतिशत सेयर बिक्री मूल्य ६ अर्ब भएको कुरा नै सत्य हो भने यो चरम भ्रष्टाचार हो भन्ने कुरा आफैंमा प्रमाणित हुने लेखेका छन् । एनसेलको २० प्रतिशत सेयरकर्ता शतिषलाल आचार्यको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा २०१७ देखि २०२३ सम्म एक सय ५० मिलियन डलर लाभांश विदेश लगेको उनले बताए । २० प्रतिशतवालाले त्यति धेरै डिभिडेन्ट लगेको कम्पनीको सेयर ५० मिलियनमा बिक्री हुन्छ भनेर पत्याउन नसकिने उनले भने ।