ओलीलाई देउवाको प्रस्ताव ‘एमसीसी अनुमोदन गरौं’, नखाउ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहार
रासंसा/काठमाण्डौ, पौष २५,
हो, एमसीसी संसदमा यस्तो भएको कि नखाउ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार । एमसीसी पास नगरु भने अगाडी पैसा दिई सकेको फिर्ता गर्ने कसरि पास गरु भने सदनदेखि सदक्सम्मा अवारोधई अवरोध । हिजो शनिबार बिहान नेता ओलीकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन्। सभामुख अग्नि सापकोटाको ‘भूमिका’ माथि प्रश्न उठाउँदै एमालेले भदौ २३ देखि संसद् अवरोध गर्दै आएको छ। राजनीतिक सहमति जुट्न नसक्दा एमसीसी पनि संसद्बाट अनुमोदन हुन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को अवरोध फिर्ता लिई अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा सहयोग गर्न विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेका छन्। आफू नेतृत्वको सरकारलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको परमादेशप्रति असन्तुष्ट ओली प्रधानमन्त्रीले बोलाउने सर्वदलीय बैठकमा पनि अनुपस्थित रहँदै आएका थिए। तर, विपक्षी एमालेसँग कुराकानी गर्नुपर्ने सत्तागठबन्धनको उच्चस्तरीय समन्वय समितिको सुझावपछि ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए। प्रधानमन्त्री देउवा र ओलीबीच एक घण्टा ‘वान टु वान’ कुराकानी भएको थियो। आफ्नो पार्टी फुटाउन सरकारले जारी गरेको अध्यादेश, पार्टीले निष्कासन गरेका सांसदलाई पदमुक्त नगरी पार्टी विभाजन गर्न सभामुखले सहयोग गरेको, संसद्मा एमालेले अवरोधलाई अस्विकार गरेको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए। भेटवार्तापछि प्रधानमन्त्री देउवा सञ्चारकर्मीसँग बोलेनन्। ओलीले ‘कुराकानी राम्रो भयो’ भन्ने संक्षिप्त प्रतिक्रिया दिए। प्रधानमन्त्री देउवाले संसद्को अवरोध हटाउन र एमसीसी पारित गर्न ओलीसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो। ‘संसद्को अवरोध हटाइदिनुहोस्, केही काम गर्नै पाइएन,’ देउवाको भनाइ उदधृत गर्दै सचिवालय स्रोतले भन्यो। त्यस क्रममा ओलिले संसद्को अवरोध सुल्झाउन आफू पनि तयार रहेको, तर सभामुख र निर्वाचन आयोगले आफ्नो पार्टीविरुद्ध खेलेको भूमिकाका विषयमा ‘के हुने’ भनी प्रश्न गरेका थिए। एमालेको अवरोधकै कारण देउवा प्रधानमन्त्री भएयता संसद्ले राम्रोसँग काम गर्न पाएको छैन। प्रधानमन्त्री देउवाले संसद् सञ्चालनका विषयमा छलफल गर्न सर्वदलीय बैठक र वार्ताको प्रयास गरे पनि एमालेले बैठकहरू बहिस्कार गर्दै आएको छ। सभामुखको भूमिकाप्रति प्रश्न उठाइरहेको एमाले सभामुख अग्नि सापकोटाले भदौ २८ गते बोलाएको सर्वदलीय बैठकमा पनि सहभागी भएन। प्रधानमन्त्री देउवाले असोज १४ र पुस ४ गते बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित रहेको थियो। एमाले छलफलमा पनि नआएपछि गठबन्धनको बिहीबार र शुक्रबार बसेको बैठकले संसद् अवरोध हटाउन अब एक मात्र प्रयास प्रधानमन्त्रीले मात्र गर्न सक्ने निचोड निकालेको थियो। यसअघि प्रधानमन्त्री देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धेरै पटक बालकोट पुगेर ओलीसँग कुराकानी गरेका थिए। गठबन्धनकै तर्फबाट उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बुधबार साँझमात्रै एमाले अध्यक्ष ओलीलाई भेटेका थिए। उक्त भेटमा पनि पौडेलले ओलीलाई सहज रूपमा संसद् सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेका थिए।