सूर्यको अध्ययन गर्न पठाइएको आदित्य एल वान ल्यागरेन्ज पोइन्ट नजिक पुग्यो

Share to:

एजेन्सी,

विश्वमा सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष मिशन आदित्य एल वान अन्तिम चरणमा पुगेको छ। यसलाई एल वान बिन्दुमा लैजाने प्रयास जनवरी ७, २०२४ सम्म पूरा हुनेछ। अन्तरिक्षयानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य-पृथ्वी प्रणालीको ल्यागरेन्ज पोइन्ट-१ (एल वान) मा हलो कक्षमा राखिनेछ। ‘आदित्य-एल वान’ अन्तरिक्ष यान २ सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो। ल्यागरेन्ज–१ पुगेपछि त्यहाँबाट सूर्यका विभिन्न गतिविधि, आन्तरिक तथा बाह्य वातावरण आदि अध्ययन गर्नेछ । इसरो प्रमुख एस सोमनाथले यसबारे जानकारी दिँदै भने, ‘आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको छ।’ आदित्य एल वान सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हो।

Like