अन्य थपअर्थतन्त्रदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ७,

मुलुकमा धार्मिक आस्थासँग जोडिएको दशैंको वैज्ञानिक महत्त्व पनि उत्तिकै छ। वर्षादको हिलो मैलोबाट अनेक किसिमको रोगव्याधि (वर्षा ऋतु नाम गरेका राक्षस) बाट जोगिन शक्तिरूपी देवी अर्थात प्रकृतिको पूजा गर्ने चाड पनि हो दशैं। कुश, पिपल, कर्कलो, केरा, अनार, उखु, अदुवा जस्ता नव वनस्पति अर्थात नवपत्रलाई फूलपातीको रूपमा भित्र्याउने चलनले प्रकृतिको संरक्षण गर्ने कुरामा जोड दिएको छ। शरद ऋतुको आगमनसँगै चाडपर्वको मौसम सुरु भएको छ। आँगनमा घाम आएको छ। परदेश गएकाहरू पनि दशैंको निहुँमा घर आउने तरखरमा छन्। गाउँघरमा बाआमालाई चटारो बढेको छ। कमेरो र रातो माटोले घर लिपपोत गर्नु पनि छ। वर्षामा फलेको काँग्रा थांग्रामा पहेंलिएको छ। केटाकेटीहरूको स्कुल विदा भैसकेको छ र बाबियो बटार्दै छन् पीङ हाल्न। नेपालीको राष्ट्रिय पर्वको रूपमा मनाइने महान चाड बडादशैं धार्मिक तथा सांस्कृतिक महत्वको कुरा गर्दा परापूर्वकाल अर्थात् सत्ययुगमा रम्भ नाम गरेको दैंत्यको भैंसीसँग प्रेम बस्न गएको र भैंसीको गर्भबाट जन्मेको महेशासुर नाम गरेको राक्षसले भगवान् ब्रम्हाको ठूलो तपस्या गरेर वरदान प्राप्त गरेपश्चात् तीनै लोकमा त्राहिमाम फैलाएको थियो। कोदोबारीमा रोपेको मखमली र सयपत्री ढकमक्क फुलेको छ। परदेशिएकाहरू सजिलोसँग गाउँघर आउन सकून् भनेर बाटोघाटो मर्मत भएको छ। पँधेरो, चौतारो र समाजघर अस्ति नै चिटिक्क सफा भएको छ। दाजुभाइ, दिदीबहिनी, बाआमा सबै एकैठाउँमा बसेर सामुहिक आशिर्वाद थाप्ने र दिने कार्य यसपाली पनि चल्ने छ।देवलोक पनि जितेर सबै देवतालाई समेत आतंक फैलाएपछि ब्रह्मा, विष्णु र महेश्वर तीनै देवताहरूको एकिकृत शक्ति स्वरुपा माता दुर्गा भवानीको उत्पत्ति भयो। दशैं संस्कार र संस्कृति सँगै दानवरूपी रिस, अहमता परित्याग गरी मानवरूपी सद्भाव कायम राख्ने र मेरो अस्थित्वको श्रीविन्दू मेरो बाआमा हुन् र मेरा अग्रजहरू नै मेरो अस्थित्वको आधार हुन् भन्ने पूर्वीय दर्शनको धरोहर हुन् दशैं। सबै देवताले आआफ्नो हतियार दिएर भगवतीको आराधना गरी देवीको शक्ति जागृत गराई महेशासुरसँग लडाई गरी महेशासुरको वध गराई अशत्य माथि सत्यको विजय भएको खुसीयालीमा हर्ष र उल्लाससाथ मनाउने भएकाले यसलाई विजयादशमी भनिएको कथन छ। यो लडाइँ दश दिनसम्म चलेको र दशौं दिनमा विजया प्राप्त भएको हुँदा यो दिन ठुलाबडाबाट टीका र जमरा लगाई आशीर्वाद थाप्ने चलन छ। जमराले हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउन र रक्तचापलाई स्थिरता राख्दछ। त्यसैले दशैं धार्मिक र वैज्ञानिक दुवै मान्यता अनुसार उत्तिकै महत्वको पर्व हुन्। तिहार अर्थात शुभदिपावलीको महिमा उत्तिकै मार्मिक र धार्मिक छ। भाइटीका लगाइन्जेल कुरेको यमराजले दाजुबहिनीको माया प्रेम देखेर बलिराजालाई कालबाट मुक्ति दिएको किम्वदन्ती छ। यसले माइती र चेलीबिचको पारिवारिक आत्मीय सम्बन्ध जोडिएको छ। चाडपर्व हाम्रो संस्कार, संस्कृति, रितिरिवाज र परम्परा हुन्। एकले अर्कोलाई सम्मान र सद्भाव राख्ने सेतु हुन्। विचार, विमर्श र तीतो पोख्ने काम त सधैं भैरहेकै हुन्छ तर दशैं तिहार जस्ता चाडपर्वले अहमता त्याग्ने र मनको तीतो पखाल्ने काम गर्दछ। कथा जेसुकै भए पनि हाम्रो धर्म संस्कृति, चाडवाडले मानवता, एकता र सद्भाव कायम राख्ने काम गरेका छन्। त्यसैले जात–धर्मसँग नजोडेर सबै जाति र धर्मभन्दा माथि उठेर जनकल्याण र सहअस्तित्वको जगेर्ना तथा अनेकतामा एकताको पर्यावाचीको रूपमा सबैको संस्कार र संस्कृतिलाई सम्मान गर्नु र संरक्षण गर्नु हाम्रो कर्तव्य र दायित्व दुवै हुन्। यी चाडपर्वहरू एकताको प्रतीक हुन्। हामीलाई जुट्न र सद्भाव कायम राख्न सिकाउने यस्ता चाडवाड यो जातको, त्यो जातको, यो धर्मको र ऊ धर्मको भनेर परिभाषित गर्नु मानवीयता र संस्कृतिमाथि गलत व्याख्या गर्नु हो। त्यसैले एकले अर्काको सहअस्तित्व स्वीकार्दै आफ्नो गच्छे अनुसार चाडपर्व मनाऊँ, अनि नेपाली मन, नेपालीपन र नेपाली पहिचान सधैं जोगाई राखौं। आफ्नो कला र संस्कृतिमाथि गर्व गरौं। नवदुर्गाले सबैको रक्षा गरून्। विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

Like