पदको बार्गेनिङभन्दा वडाको नतिजा: कार्यकर्ता मूल्यांकनको नयाँ आधार

( लेखक)दीपकराज न्यौपाने डिस्ट्रिक्ट गभर्नर एलायन्स क्लब अफ तनहुँ।
निर्वाचनको समयमा कसले पार्टीलाई कति सहयोग गर्यो भन्नुभन्दा पनि कसको वडामा कति मत आयो भन्ने कुराको लेखाजोखा गर्दा ठीक हुन्छ कि पदका लागि मात्र पार्टीको योगदान कसरी मूल्यांकन गर्ने
पार्टीका कार्यक्रम र कार्यालयमा कहिल्यै नदेखिनेहरूले चुनावका बेला योगदानको दाबी गर्नुभन्दा आ-आफ्नो वडाको मत परिणाम हेर्नु उपयुक्त हुन्छ। पद पाउनकै लागि मात्र गरिने योगदानको सही मूल्यांकन गर्ने बेला आएको छ।
नियमित काममा नखट्ने तर चुनावका बेला अवसर र पदका लागि मात्रै सक्रिय हुने प्रवृत्तिका कारण वास्तविक निष्ठावान् कार्यकर्ता ओझेलमा परेका छन्। त्यसैले, सहयोगको मौखिक दाबीभन्दा वडाको चुनावी नतिजालाई नै मूल्यांकनको मुख्य आधार बनाइनुपर्छ।
Like
