सर्वसाधारणलाई पूर्वराजा ज्ञानेन्द्र शाहले टीका लगाइदिने
रासंसा/काठमाण्डौ, आश्विन २८,
मुलुकमा पूर्वराजा ज्ञानेन्द्र शाहले २०८० को विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। शाहले आफन्तसँग टीका लगाउने कार्यक्रम सकिएसँगै बेलुका ४ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ। शाहको सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।
Like