संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको दसौं वार्षिक साधारणसभा सम्पन्न
रासंसा/काठमाण्डौ, आश्विन २८,
मुलुकमा संस्कृति संरक्षण तथा राष्ट्रिय बिकास केन्द्रकाे १० औं वार्षिकोत्सब तथा साधारणसभा संस्कृति संग्राहलय समुद्घाटन संगै सम्पन्न भएको छ । १० औं वार्षिकोत्सब तथा साधारणसभा संस्थाकी अध्यक्ष सिता सुनुवारको सभापतित्वमा भएको साधारणसभाको प्रमुख अतिथि मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष सर्व सिद्दी शिवातान्त्रिक गुरु बुद्दी कुमार खड्गीले साधारणसभाको समुद्घाटन दिप प्रज्वलनकासाथ संस्कृति संग्राहलयको समुद्घाटन गर्नुभएको थियो । विशेष अतिथिको आतिथ्यता पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष वरिष्ठ समाजसेवी स.प्रा. डा. के. बि. सम्राट हुनुहुन्थ्यो ।

अतिथिहरुमा मेकिन नेपालका अध्यक्ष उमेश सिवाकोटी, पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकाली, संस्थाका संस्थापक महासचिव पदमनाथ अगास्ती, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश जंग कुँवर, शम्भु बिडारी, पत्रकार हरि पाठक, मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका संयोजक आवास खड्का, राजिव खड्गी थिए ।


कार्यक्रममा ढ्यांग्रो झाँकी बिमला गामाल, मंजु राना, दान कुमारी गंद्रमा, गोपाल महर्जन, रामचन्द्र राना, जुना कटुवाल ढुंगेल, र प्रमिला भण्डारीले प्रदर्शन गरेका थिए । कार्यक्रमको स्वागत मन्तब्य संस्थाका संस्थापक महासचिव पदमनाथ अगस्तिले संस्थाको परिचय दिदै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा विजया दशमी, शुभ दीपावली, शुभ छैठ २०८०, नेपाल संवत ११४४ भिन्तुना को पावन सवासरमा शुभकामना आदानप्रदान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि शिवातान्त्रिक गुरु बुद्दी कुमार खड्गीले संस्थाको प्रसंसा गर्दै आफुले पाएको ज्ञान बडो संघर्षका पाएको अनुभूति दिलाउदै संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रलाई संस्कृति भवन बनाउन १०८ फुटको कल्पेश्वोर महादेव मन्दिर परिसरमा जग्गा उपलब्ध हुने बताउनुभयो ।

विशेष अतिथिको आसनबाट डा. के बि सम्राटले हामि सबै एकै ठाउमा नाजुतेरा हामीलाई सबै किसिमका व्यक्ति व्यक्तित्वहरुले हेपाईदो प्रवृति गरेका हुन् । हामि सबै एक जुट हुने हो भने तिहारू सबै मुलुक छोडेर भाग्ने अवस्था सृजना हुने बताउदै संस्थालाई संस्कृति भवन बनाउन आवश्यक सिमेन्ट उपलब्ध गराउने प्रतिवद्दता दिनुभयो ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश जंग कुँवरले संस्थामा सक्रिय पदाधिकारीहरु भए संस्थाको चाडै प्रगति हुने कुरामा दुइ मत नरहेको बताउदै संस्थालाई रु. पांच हजारको चेक संस्थाकी अध्यक्ष सिता सुनुवार मातालाई हस्तान्तरण गर्नुभएको थियो । शुभकामना मन्तब्य अन्य अतिथिहरुले आदान प्रदान गरेका थिए ।


सभापतिको आसनबाट अध्यक्ष सिता सुनुवार माताले संस्था आफैं चल्दैन यसलाई हामीले सकारात्मक सोच, विचार र कर्मकासाथ चलायो भने भगवानाली हामीलाई हरेक कुराहरु साथ् दिदै जानुहुने छ भन्दै उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै सहकार्य र सहयोगको अपेक्षा गर्दछु भन्नुभयो । कार्यक्रम संस्थाका सल्लाहकार कृष्ण प्रसाद पाण्डेले गर्नुभएको थियो ।