९७७ मत खस्यो, दिउँसो १ बजेदेखि मतगणना हुने, एमाले कोशी प्रदेश अधिवेशन

Share to:

रासंसा/मोरङ, आश्विन १५,

मुलुकमा नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९७७ मत खसेको छ । गएराती भएको मतदानको मत गणना आज दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ । अधिवेसनमा ९९७ जना मतदाता थिए ।
अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेद्वार खतिवडा भएको एमाले वृत्तमा चर्चा छ । अध्यक्षमा भिडेका मोरङका दुई नेतामध्ये विनोद ढकाल सुरुदेखि नै केपी शर्मा ओली गुटका नेता भनेर स्थापित व्यक्ति हुन्। अध्यक्षका अर्का उम्मेद्वार घनश्याम खतिवडा चाहिँ लामो समय माधवकुमार नेपाल समूहमा रहेर आठौं महाधिवेशनपछि ओली समूहमा पुगेका नेता हुन्। विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानू परेको हो । अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिन देखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।

Like