अदालतको अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १४,

मुलुकमा अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गरिसकेको थिएन। आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो। पक्राउ परेको दिन, हिजो र आज गरी तीन दिनको म्याद दिएको हो। अनमोललाई पुन: सोमवार अदालतमा उपस्थित गराउनुपर्छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए।

Like