पेट्रोलियम पदार्थको निगमले लियो मूल्यवृद्धि फिर्ता

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १४,

मुलुकमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ। फिर्ता भएको मूल्यवृद्धि आज रातिबाट लागू हुने नेपाल आयल निगमले जनाएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएका थिए। सोही बमोजिम निगमले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको हो।

Like