एनआईसी एशिया बैङ्कको आश्विन २८ मा २६ औँ वार्षिक साधारण सभा

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ६,

मुलुकमा एनआई सी एशिया बैङ्क लिमिटेडका २६औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते हुने भएको छ । काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट साधरणसभा सुरु हुने बैङ्कले जनाएको छ । साथै गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैङ्कको प्रबन्ध पत्र र नियमावलीमा समसामयिक संशोधन÷थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । साधारण सभामा गत आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ । एनआई सी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ ।

Like