सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ३,

मुलुकमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो। गत बुधबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएपछि उनलाई ‘राजकीय’ सम्मान दिन मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो। उक्त निर्णयपश्चात दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। बैठकमा नियमित काम कारबाहीका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमै श्रद्धाञ्जली सभा आयोजना गरेपछि प्रधानमन्त्री आजबाट नियमित काममा फर्किएका हुन्।

Like