बारा २ मा घन्टीमा देखिएन आकर्षण, उपेन्द्रले कटाए १० हजार मत

Share to:

रासंसा/बारा, बैशाख १२,

मुलुकमा बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जसपाका अध्यक्ष समेत रहेका उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका हुन् । यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ तथा रास्वपाका उम्मेदवार रमेश खरेलले १४५१ मत पाएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९ मत पाउँदा कुशवहाले ६ हजार ८०६ मत पाएका छन् । रास्वपाले चितवन र तनहुँमा सानदार मत पाएकामा बारामा भने मतपरिणामको रुझानअनुसार आकर्षण देखिएको छैन । खरेल जारी मतगणनामा चौथो स्थानमा परेका हुन् ।

Like