जनही एक लाख मृतकका परिवारलाई दिने प्रदेश सरकारको घोषणा
रासंसा/दार्चुला, भाद्र २५,
मुलुकमा सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ। त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन्। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन्। दार्चुलामा अविरल वर्षापछिको बाढी/पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। १० जना बेपत्ता छन्। आठ जना घाइते भएका छन्। यस्तै बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन्।
Like