ट्राफिक नियमको पालना गर्न र दुर्घटनाबाट वचन, आम सर्व साधारण जनतालाई ट्राफिक कार्यालय तनहुँको अनुरोध

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, चैत्र ११,

तनहुँ जिल्ला ट्राफिक कार्लेयालयले बढ्दो सडक दुर्घटना न्युनिकरण गराउने उदेश्यले आम सर्वसाधारण पैदल यात्रु र सवारीचालकहरुलाई सडकमा सवार गर्दा दायाँबायाँ हेरेर उच्च सावधानी अपनाउन आम सर्वसाधारणलाई आह्वान गरेको छ। आफु बाँची अरुलाई पनि बचाउन अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्तरुपमा जनताको जिउधनको सुरक्षाकालागि सचेतना गराउन अभियान शुरु गरेको हो ।

पृथ्वी राजमार्ग अन्तरगतको ब्यस्त बजार आबुखैरेनी डुम्रे, दमौली, थर्पु, खैरेनीटार र कोत्रे सम्मको सडक खण्डमा सवार गर्ने पैदल यात्रु र सवारीसाधन चालकले उच्च सावधानी अपनाउन जरुरी भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख राजिब विष्टले बताए ।ट्राफिक प्रमुख विष्टले सवारीसाधन चालकले सेतो वा चम्किलो टल्किने कपडाको प्रयोग गर्नुपर्ने बताए ।

रोकि राखेको सवारीसाधनको अगाडि वा पछाडिबाट वाटो काट्न नहुने, फुटपाथ् भएको स्थानबाट मात्र दायाँबायाँ हेरर मात्र बाटो काट्न सके दुर्घटना नहुने बताउदै सवारीसाधन चालकले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नहुने, ट्राफिक चेकिङलाई देखेर सवारीसाधन चालक नभाग्न र आवश्यक कागजात लाइसेन्स बिलबुक बोकेर हिड्न अनिवार्य भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजिब विष्टले जानकारी दिए । घुम्ती वा मोड्मा, पानी परेको उकालो ओ रालो स्थानमा सतर्क भएर सवारीसाधन चलाउनुपर्नै, सडकमा दुर्घटना हुनसक्ने भएकोले दुर्घटनाको पीडा ट्राफिक प्रहरीलाई नभै सवारीसाधन चालक वा पैदल यात्रुलाई नै हुने भएकाले सडक अनुशासनको पालना गरि तिब्रगतिमा सवारीसाधन चलाउन नपाइने, सिटवेल्ट बाँधनुपर्ने, झुन्डिएर सवारीसाधनमा यात्रा गर्न नहुने, छतमा बसेर यात्रा नगर्न, क्षमता भन्दा बढी यात्रु बोक्न नपाईने र ट्राफिक नियमको पालना गर्नुपर्ने जिल्ला ट्राफिक प्रमुख राजिब विष्टले बताए ।

Like