पूर्व स्वास्थ्यमन्त्री खतिवडाका सल्लाहकार डा. ढकालसहित काठमाडौंका २१ जिल्ला सदस्यले परित्याग गरे नेकपा एस

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ७,

मुलुकमा नेकपा एसका काठमाडौं जिल्ला सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री बिरोध खतिवडाका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकालसहित २१ जना जना जिल्ला सदस्यले नेकपा एस परित्याग गरेका छन्। एमालेबाट बिद्रोह गरेर नेकपा एस गठन गर्नुको उद्देश्य र औचित्य पुष्टि हुन नसकेको र पार्टीका नेताहरु सत्ता लिप्सामा केन्द्रीत भएकाले मंगलवारबाटै लागू हुनेगरी राजीनामा दिएको डा. ढकालले जनाएका छन् । नेकपा एसको कागेश्वरी मनोहरा नगरपालिका ईन्चार्जसमेत रहेका ढकालसहित जिल्ला सदस्य तथा काठमाडौं–२ का क्षेत्रीय संयोजक गोपिकृष्ण रिजाल, शंकरापुर नगरपालिका कमिटीका सचिव अमृत दंगालसहित २१ जना जिल्ला कमिटी सदस्यले मंगलवार पार्टी परित्याग गरेका हुन्।

Like