अमेरिकाको सिलिकन भ्याली बैंक बन्द
एजेन्सी,
विश्वमा क्यालिफोर्नियाका बैंकिङ नियामकहरूले वित्तीय संकटले घेरिएको सिलिकन भ्याली बैंक बन्द गरेका छन्। यसले अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने देखिएको विष्लेषक बताउँछन् । प्राविधिक कम्पनीहरूलाई कर्जा दिने एसभीबी बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको सेयर घटेको छ । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) हो। प्राविधिक कम्पनीहरूलाई कर्जा दिने एसभीबी बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको सेयर घटेको छ । एसभीबी यस वर्ष बन्द हुने पहिलो एफडीआइसी बीमा संस्था हो। यसअघि साढे २ वर्ष पहिला अल्मेना स्टेट बैंक २३ अक्टोबर २०२० मा बन्द भएको थियो। नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी) रिसीभर नियुक्त गरेको छ, जसले यस विषयमा अरु काम गर्ने छ। यसअघि प्रि-मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको सेयर कारोबारमा रोक लगाइएको थियो। यो बैंक सन् १९८३ मा स्थापना भएको थियो। यो अमेरिकामा आइटी कम्पनी, क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो। क्रिप्टो फर्महरुलाई दिएको कर्जा र क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुबेको जानकारहरु बताउँछन्।