अमेरिकाबाट आएको सात किलो गाँजाको पार्सलसंगै तीन जना पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २५,

मुलुकमा अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ। पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्कोमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो। अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएपछि उक्त पार्सल लिन आएका भारतको गुजरातका ३० वर्षीय निमेश अशोकभाइ र सर्लाहीको हरिहरपुरका २८ वर्षीय फैज आलम पक्राउ परेका हुन्। पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्कोमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उक्त घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट भारतीय आधार कार्ड र ८० हजार रुपैयाँ बरामद गरिएको छ। उनीहरू बस्दै आएको ठमेलको होटल खानतलासी गर्दा कोठामा एक लाख ४० हजार भारु बरामद गरिएको जोशीले जानकारी दिए। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले निमेश र फैज बस्दै आएको काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट १ लाख ४० हजार भारतीय रुपैयाँसमेत फेला पारी पक्राउ गरको हो। साथै अमेरिकाबाट दुबई हुँदै काठमाडौंमा पार्सलमार्फत आएको गाँजा बुझ्ने अर्याललाई काठमाडौं नागार्जुन नगरपालिका-१ खरिबोटस्थित एक रेष्टुरेण्टबाट प्रहरीले पक्राउ गरेको हो। यस्तै अर्को घटनामा विमानस्थलमा यसैगरी अमेरिकाबाट आएको पार्सल जाँच गर्दा दुई दशमलव चार किलो गाँजा बरामद गरिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा गोरखाका रुपक अर्याललाई पनि पक्राउ गरिएको उनले बताए। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जोशीले बताए। यसरी आएको गाँजा कसले कहाँ लैजान लागेका हुन् भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ। मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्रामसहित ललितपुर बालकुमारी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१२ घर भएका २४ वर्षीय अजय श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको छ। यता झापा गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय देवेन्द्र चौधरी (समिर)लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कुमर्खोदबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Like