नेपाललाई एसियन क्रस कन्ट्रीमा दुई स्वर्ण
रासंसा/काठमाण्डौ, फाल्गुण २५,
मुलुकमा नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले मंगलबार पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ। त्यस्तै सिनियर महिला र जुनियर महिलामा नेपालले समान २ रजत पदक जितेको छ। नेपालले थप २ कांस्य पनि जित्यो। सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ। दीपक, मुकेश र दीपक सुहानले स्वर्ण पदक जिते। इरानले रजत र भारतले कांस्य पदक जिते। सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जितेका हुन्। सो इभेन्टमा जापानका डाइची कामिनोले रजत जिते भने मुकुशबहादुर पालले कांस्य पदक जिते। नेपालले सिनियर महिलामा पनि २ रजत पदक जितेको छ। सिनियर महिला १० किलोमिटर दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन्। त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक जितेको हो। सो स्पर्धामा जापानकी युवा सरुमिदाले स्वर्ण जितिन्। भारतकी सोनिकाले कांस्य पदक जितिन्। सोही स्पर्धाको टिम इभेन्टमा नेपालले रजत पदक जितेको हो। राजपुरा पछाई, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठले रजत पदक जितेका हुन्। त्यस्तै च्याम्पियनसिपको जुनियर पुरुष (यु–२०) ८ किलोमिटर दौडमा नेपाली टोलीले कांस्य पदक जितेको छ। सो स्पर्धामा भारतते स्वर्ण पदक जितेको छ। भारतका सोनिका, छवि यादव र मुन्नी देवीले स्वर्ण पदक जितेका हुन्। थाइल्यान्डका लिन्दा जन्थाचित, नथाया थनारोनावत र सुनिका प्रिचापोंंगल कांस्य पदक जितेका छन्। गोकर्ण गल्फ रिसोर्टमा मंगलबार भएको च्याम्पियनसिपमा नेपालले कांस्य पदक पाएको हो। च्याम्पियनसिपमा भारतले स्वर्ण र इरानले रजत पदक जितेका छन्। आठ किलोमिटरको जुनियर पुरुषको व्यक्तिगत स्पर्धामा इरानले स्वर्ण, भारतले रजत र इरानले नै कांस्य पदक जिते। नेपालका शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले कांस्य पदक पक्का गरे। यो इभेन्टमा भारतले स्वर्ण र इरानले रजत पदक जिते। यस्तै नेपालकी राममाया बुढाले फोटो फिनिसमा पछि पर्दै महिला जुनियर ६ किलोमिटर दौडमा रजत पदकमा चित्त बुझाउनुपरेको छ। राममाया र भारतकी श्रुति श्रीधर रेडाकर दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा भारतकी श्रुतिले बाजी मार्दै स्वर्ण पदक प्राप्त गरिन्।