मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलियो : राप्रपा

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १३,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकिलिएको बताएको छ । पुरानो गठबन्धनमा भएको सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएको भोलीपल्ट राप्रपाले सो टिप्पणी गरेको हो । आज बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारवाट बाहिरिने निर्णयसमेत लिएको छ । परिवर्तित सन्दर्भमा सरकारमा रहिरहनु उचित नभएको पनि राप्रपाको ठहर छ । ‘परिवर्तित सन्दर्भमामा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजैवाट सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारवाट बाहिरिने निर्णय गरेका छौं,’ आकस्मिक रुपमा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘साथै प्रदेश सरकारमा पनि राप्रपाले यसै बमोजिमको दृष्टीकोण रहेकाले सरकारलाई दिएकोृ समथर्न फिर्ता लिने र सरकारवाट समेत बाहिरिने निर्णय गरेको छ ।’ ‘शुभेच्छुकहरुको ठुलो पंक्तिको असहमतिको बिच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निमार्ण, राष्ट्रियता, बिकास, सशुषान, सेवा प्रबाह र स्थिरतालाई मुल आधार बनाएर २०७९ पुस १० गतृ राप्रपा नेपालको समेत समर्थनमा बर्तमान सरकार गठन भएको हो,’ राप्रपाले भनेको छ, ‘यसै पृष्ठभुमीमा माघ ३ गते हामी सरकारमा सहभागी भई क्रियाशिल रहेको बेला बर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धेकेलिएको छ । यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृति र प्रक्रिया बर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ ।’

Like