गृहकार्य नपुगेर आजलाई बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

Share to:

रासंसा/काठमाण्डौ, माघ १८,

मुलुकमा नेकपा माओवादी केन्द्रको बुधबारलाई बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएकाले आजलाई बैठक स्थगित गरिएको पार्टीका स्थायी कमिटी सदस्य गणेश शाहले अन्नपूर्ण पोस्टलाई बताए। शाहले भने, ‘आज पार्टीको कुनै बैठक छैन। भोलि बस्ने छ।’ नेकपा माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको थियो। स्थायी कमिटीको बैठकलाई आवश्यक गृहमार्य नपुगेकाले स्थगित भएको उनले बताए। ‘बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेकोले अनि प्रधानमन्त्री ज्यूको व्यस्तताको कारण पनि होला। आजको बैठक स्थगित भएको छ। बैठक भोलिलाई सारिएको छ।’ यसैबीच जारी पदाधिकारी बैठक पनि आज नबस्ने शाहले बताए। उनले भने, ‘आज पार्टीका कुनै बैठक छैन। पदाधिकारी बैठक पनि स्थगित भएको छ।’ महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो। कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णयको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ। यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो।

Like