श्रीपशुपतिनाथले हामी सबैको काल्याण गरुन
रासंसा/काठमाण्डौ, माघ १२,
मुलुकमा सम्पूर्ण नेपाल र नेपालिहरूका आराध्यदेव देवादिदेव महादेव भगवान् श्रीपशुपतिनाथ ब्रह्माण्डका सृष्टि, स्थिति र लयकर्ता हुनुहुन्छ । श्रीपशुपतिनाथको नाममा धेरै जग्गा जमिनहरू छ । तर, आज सम्म त्यस क्षेत्रमा श्रीपशुपतिनाथ सम्बन्धी आध्यात्मिक भौतिक रचना र आध्यात्मिक विकास हुन सकेको त्यति दिखिदैन । जसको कारण सम्पूर्ण नेपाल भित्र रहेका मन्दिरहरूमा धेरै आध्यात्मिक विपरीत कार्य हुने र त्यहाँ रहने मानवहरूमा अज्ञान गतिविधिहरूबाट त्यस क्षेत्रको महिमा र आध्यात्मिक क्षेत्रमा दिन प्रतिदिन ह्रास हुदै गएको देखिन्छ । जसको परिणाम विश्वमा नै प्रकृति विपरित चल्न थालेको भान सबैमा हुन थालेको छ जसबाट दैविक प्रकोप महामारी रोगहरू फैलेका छन् । नेपाल विश्वको नै आध्यात्मिक देश हो भनेर विश्वले चिन्दछन् ।
भगवान् श्रीपशुपतिनाथको पाशुपत-व्रत, पाशुपत-साधना र पाशुपत-ज्ञान विश्व मानवहरूले खोजेका छन् । श्रीपशुपतिनाथको क्षेत्र गोठाटार वालुवा खानी पनि हो | यहाँ धेरै क्षेत्रफलमा रहेको सम्म स्थान र उच्चरूपमा रहेका चुचुराहरू पनि छन् । यी चुचुरोहरूबाट उत्तरतर्फ शिवपुरीको उच्च चुचुरो देखिन्छ । पश्चिमतर्फ नागार्जुन पर्वत र दक्षिणतर्फ फुलचोकी अग्लो डाँडोकोसाथ वरिपरि अति नै सुन्दर मनमोहक पहाडहरूले तीन शहर मन काठमाण्डौ, ललितपुर र भक्तपुरलाई घेरेर रक्षा गरेको छ | पर्वत शिखरको माथि वरिपरि अति नै प्रफुल्लित हिमालयले घेरेको सुन्दर शान्त नेपाल विश्व कै सर्वोच्च तपो स्थल हो |
यस गोठाटार वालुवा खानी क्षेत्रमा पश्चिमतर्फ श्रीकृष्ण मन्दिर, पूर्वतर्फ नील वाराही मन्दिर, उत्तरतर्फ राम-जानकी मन्दिर र दक्षिणतर्फ श्रीगणेशको मन्दिर र देवताहरूले यस क्षेत्रको रक्षा गरेको छ | यस वालुवा खानीको बीचमा हरिहर धाम चुचुरो रहेको छ | यहाँ श्रीमहावीर हनुमानको मुर्तिकासाथ हरिहर शिवालयको मन्दिर रहेको छ | यहाँ दुई वटा तप कुटीहरू रहेका छन् । यो हरिहर धाम हरिहर शक्ति माताको इच्छाबाट यस गोठाटार वरिपरिका पवित्र भक्तहरूबाट निर्माण गरिदिएको हो | केहि महिना अगाडि हरिहरशक्ति माताले शरीर त्यागी ब्रह्मलीन हुनुभयो | उहाँका पवित्र भक्तहरूले यो तपो स्थल पाशुपत-योगध्यान सञ्चलन रहोस भन्ने पवित्र उदेश्यले पशुपति क्षेत्रमा रहेको पाशुपत योग आश्रमलाई साँचो दिएको छ | यो धामको उत्तर र पश्चिमतर्फ जस्ताका कुटीहरू बनाएर सुकुम्बासीहरूले घेरि सकेका छन् ।
यस क्षेत्रमा पशुपति क्षेत्र विकास कोषको गुरु योजनामा प्रस्तावित योजना निर्माण स्थल निर्माण गर्न सकिने भएको छ । जहा पशुपति विश्वहिन्दू विश्वविद्यालय, पशुपति अस्पताल, पशुपति गौशाला, पशुपति वृद्धाश्रम, पशुपति उद्यान, पशुपति ग्राम आदि रहेका छन । पशुपति क्षेत्र विकास कोषको यस क्षेत्रमा कसैले पनि अतिक्रमण गर्ने र सम्पत्ति हिनामिना गर्ने कार्य गरेमा कानुन बमोजिम कारबाहीको भागिदार हुनुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।