अफलाइन राइडरलाई धमाधम कारबाही गर्दै प्रहरी

Share to:

रासंसा/काठमाण्डौ, पौष ३०,

मुलुकमा पछिल्ला दिनहरूमा अफलाइन राइडरले विकृति बढाउँदै गएपछि प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अपरेसन सुरु गरेको छ । जसअनुसार, प्रहरीले विभिन्न समयमा अफलाइन राइड गर्नेहरूलाई नियन्त्रणमा लिई सचेत गराउँदै फेरि अफलाइन राइड गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । बाग्मती प्रदेशले राइड सेयरिङलाई कानुनी मान्यता दिए पनि आवश्यक कार्यविधि बनाउन ढिलाइ भइरहेको अवस्थामा अफलाइन राइड नियन्त्रण गर्ने प्रहरीको प्रयासलाई सकारात्मक रुपमा लिन सकिन्छ । केही दिनअघि मात्रै काठमाडौँको विभिन्न स्थानबाट करिब डेढ सय जना अफलाइन राइडरलाई नियन्त्रणमा लिएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ । अफलाइन राइडिङका क्रममा कतिपयले भने यौनजन्य दुर्व्यवहारका घटना हुने गरेको समेत पाइएको प्रहरी बताउँछ ।चोक चोकमा ‘पठाओ हो ?’ भन्नेसँग सावधान रहनुपर्ने प्रहरीको भनाइ छ । ‘अफलाइन राइड गर्दा जिम्मा कसले लिने ? कारबाहीको भागीदार को हुने ? कहीँ न कहीँ त यो दर्ता हुनुपर्छ होला नि ?’ प्रवक्ता एसपी मैनालीले प्रश्न गरे । गलत मानसिकताका व्यक्तिले अफलाइन राइडको सहारा लिएर विभिन्न आपराधिक कार्यमा सहभागी भएको र थप बढ्न सक्ने आकलन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सचेत गराएको प्रहरी परिसर टेकुका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए । केही दिनअघि देखी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपरेसन चलाइएको एसपी मैनालीले जानकारी दिए । अफलाइन राइडिङका क्रममा कतिपयले भने यौनजन्य दुर्व्यवहारका घटना हुने गरेको समेत पाइएको प्रहरी बताउँछ ।चोक चोकमा ‘पठाओ हो ?’ भन्नेसँग सावधान रहनुपर्ने प्रहरीको भनाइ छ । पछिल्लो समय अनलाइन राइड शेयरिङको लोकप्रियता बढ्दै जाँदा अफलाइन राइड शेयरिङ विकृति बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकाका प्रायः चोकहरूमा अफलाइन राइडिङ गराउनेहरूको भीड बढ्दै गएपछि प्रहरीले समेत यसको व्यवस्थापनका लागि चासो देखाउन सुरु गरेको छ । केही दिनअघि मात्रै कोटेश्वरमा अफलाइन राइडरले यात्रु लुटपाट गरेको घटना बाहिरिएको थियो । ‘अफलाइन राइड गर्दा जिम्मा कसले लिने ? कारबाहीको भागीदार को हुने ? कहीँ न कहीँ त यो दर्ता हुनुपर्छ होला नि ?’ प्रवक्ता एसपी मैनालीले प्रश्न गरे । त्यस्तो अवस्थामा उनीहरूलाई सुरुमा सचेत गराउने र अटेरी गरेको पाइए कारबाही समेत गर्ने गरेको उनी बताउँछन् । थापा भन्छन्,‘प्रहरीले सक्रियतापूर्वक अफलाइन राइडरहरूलाई रोक्नु एकदमै सकारात्मक कुरा हो,यसको हामी स्वागत गर्छौँ,’ उनले भने,‘जति पनि राइड शेयरिङ कम्पनीहरू छन्, सबैका लागि प्रहरीको यो काम निकै सकारात्मक हो ।’ यस्तो समस्या नियन्त्रणका लागि पछिल्ला दिनहरूमा प्रहरी समेत सक्रियतापूर्वक लाग्नु सुखद सङ्केत भएको पठाओ नेपालका प्रवक्ता शशाङ्क शमशेर थापा बताउँछन् । ‘पठाओको हकमा हामीले यात्रुले यात्रा सुरु गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौँ, दुर्घटना भइहाल्यो भने क्यूआरटी (क्वीक रेस्पोन्स टीम) परिचालन गर्छौ र सेवा उपलब्ध गराउँछौ’, थापाले भने, ‘अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन ।’ पठाओले अनलाइन राइडका समयमा विभिन्न प्रकृतिका दुर्घटनामा परेकाहरूलाई बीमामार्फत ५७ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ । हालसम्म २ सय जनाभन्दा बढीले उपचार बापत इन्स्योरेन्सबाट दाबी भुक्तानी पाएका छन् । ‘हालसम्म दुर्घटनामा मृत्यु भएका ३ जनाको परिवारलाई बीमाबापतको दाबी भुक्तानी गरिसकेका छौँ,’ प्रवक्ता थापाले भने । राइड शेयरिङका नाममा देखिएका विकृति विसङ्गतिलाई अहिलेदेखि नै नियन्त्रण गर्दै जानु आवश्यक भएको उनले बताए । प्रवक्ता थापा भन्छन्,’प्रहरीको काम प्रशंसायोग्य छ, अफलाइन राइडिङ निरुत्साहित गर्न यसले सकारात्मक सन्देश दिन्छ ।’ ‘पठाओ आजको दिनमा सबैभन्दा ठुलो राशीको बिमा उपलब्ध राइड सेयरिङ कम्पनी हो ।’ थापा थप्छन् ‘राइडर र यात्रु दुबैले दुर्घटनामा उपचार खर्च एक लाख सम्म र मृत्यु वा अङ्ग भङ्ग भएमा १० लाख सम्म बिमा दाबी भुक्तानी पाउँछन् ।’ इन्ड्राइभरले केही महिनाअघि विज्ञप्ति जारी गर्दै नेपालमा पनि छिट्टै दर्ता गरी, यात्रुको बीमा नगराए पनि ‘कस्टमर केयर’ सहित सेवा दिने दाबी थियो । तर हालसम्म कम्पनीले नेपालमा दर्ता भने गराएको छैन । इन्ड्राइभरको विज्ञप्तिमा बीमाको सुविधा नदिने उल्लेख छ जुन गैरकानुनी हो । कानुनमा बिमा अनिवार्य छ । हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डू, जायर, साधनल गायतका राइड शेयरिङ एप प्रचलनमा छन् । पठाओ र टुटललगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला इनड्राइभरले बिना दर्ता, बिना कमिसनमा राइड सेयरिङ ब्यवसाय सन्चालन गरिरहेको छ । बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्न सक्ने उल्लेख छ । अवैध अफलाइन राइड चढ्ने क्रममा दुर्घटना भइहालेमा यात्रुले बीमा पनि पाउँदैनन् भने क्षतिपूर्तिका लागि पनि कोही भागिदार हुँदैनन् ।

Like