माघे सङ्क्रान्तिका लागि तरुल, आलु र सखरखण्ड किन्नेको भिड
रासंसा/काठमाण्डौ, पौष २९,
मुलुकमा माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व नजिकिँदै छ। सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ। काठमाडौंस्थित माछा पोखरीमा माघे सङ्क्रान्तिका लागि तरुल, आलु, सखरखण्ड लगायत सरसामान किन्नेहरुको भिड लागेको छ।
Like
