मधेसका मन्त्रालय काठमाडौंमा भागबन्डा
रासंसा/काठमाण्डौ, पौष २९,
मुलुकमा मधेस प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा सत्तासीन दलका केन्द्रीय नेताहरूबीच काठमाडौंमा छलफल भइरहेको छ। मुख्यमन्त्री नियुक्त भएका जसपाका नेता सरोज कुमार यादवले शुक्रबार पद तथा गोपनियताको सपथ लिँदै छन्। मुख्यमन्त्रीको सपथसँगै चार जना समेटेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। एमाले, जसपा, जनमत र माओवादीलाई एक–एकवटा विकासे मन्त्रालय दिइने कुरा चलिरहेको प्रदेशसभा सदस्यसमेत रहेका साहले जनाए। एमाले(२३), जसपा(१६), जनमत(१३), माओवादी(७), राप्रपा(१), नेपाल समाजवादी (१) र स्वतन्त्र(२) गरी ६३ प्रदेशसभा सदस्यको समर्थनमा बिहीबार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सत्तारुढ ठूला दलले एक–एकवटा विकासे मन्त्रालय लिने मोटामोटी सहमति बनेको नेताहरू बताउँछन्। भौतिक पूर्वधार तथा विकास, सामाजिक विकास, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय मध्ये एक–एकवटा मन्त्रालय लिने सत्तारुढ गठबन्धनले मापदण्ड बनाएको छ। ‘कुन पार्टीले कुन मन्त्रालय पाउनेबारे शीर्षस्थ नेताहरूको बैठक काठमाडौंमा चलिरहेको छ। त्यहीँबाट टुंगो लाग्छ’, माओवादी पोलिटब्यूरो सदस्य भरतप्रसाद साहले भने, ‘बाँकी मन्त्रालय अरु पार्टीलाई दिएर मन्त्रीमण्डल गठन गरिन्छ।’ सत्तारुढ ठूला दलले एक–एकवटा विकासे मन्त्रालय लिने मोटामोटी सहमति बनेको नेताहरू बताउँछन्। भौतिक पूर्वधार तथा विकास, सामाजिक विकास, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय मध्ये एक–एकवटा मन्त्रालय लिने सत्तारुढ गठबन्धनले मापदण्ड बनाएको छ। ‘कुन पार्टीले कुन मन्त्रालय पाउनेबारे शीर्षस्थ नेताहरूको बैठक काठमाडौंमा चलिरहेको छ। त्यहीँबाट टुंगो लाग्छ’, माओवादी पोलिटब्यूरो सदस्य भरतप्रसाद साहले भने, ‘बाँकी मन्त्रालय अरु पार्टीलाई दिएर मन्त्रीमण्डल गठन गरिन्छ।’ श्रोतका अनुसार एमालेलाई भौतिक पूर्वधार तथा विकास मन्त्रालय, जसपालाई समाजिक विकास, माओवादीलाई उद्योग, पर्यटन तथा वन र जनमत पार्टीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिनेबारे कुरा भएको सत्ता गठबन्धनको छलफलमा सहभागि एक नेताले बताए। सत्ता गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा जसपा र जनमतले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। त्यस अनुसार जसपाका संसदीय दलका नेता यादव बुधबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्। एमालेको भागमा सभामुख र जनमत पार्टीको भागमा उपसभामुख परेको छ। यसका लागि पौष ३० गते चुनाव हुने एमाले नेता रामचन्द्र मण्डलले बताए। सभामुखका लागि एमालेबाट मण्डलको ले दावी छ । जसपाले आर्थिक मामिला र समाजिक विकास मन्त्रालयमा दावी गरेको छ। जसपाबाट रामअशिष यादव र मनिष सुमन मन्त्री बन्ने चर्चामा छन्। एमालेले भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास, आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनु पर्ने आफुहरूको दावी रहेको एमाले प्रदेशसभा सदस्य सारदा थापाले बताइन्। एमालेबाट संसदीय दलका नेता सरोज कुमार राय, राजकुमार लेखी, सारदा थापा, दीपेन्द्र ठाकुर, त्रिलोकी चौधरीलगायत मन्त्रीका आकांक्षी छन्। जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले आफ्नो पार्टीले भौतिक पूर्वाधार तथा विकास, समाजिक विकास, आर्थिक मामिला तथा योजना मन्त्रालयमा दावी पेश गरेको बताए। जनमतबाट वसन्त कुश्वाहा, महेशप्रसाद यादव, चन्दन सिंह, सञ्जय यादव, सतिश सिंह र अनिता साह मन्त्रीका आकांक्षी छन्। उनले भने, ‘हामीले कुन मन्त्रालय पाउने हो त्यसको टुंगो लागेको छैन। हाम्रो पार्टीबाट को–को मन्त्री बन्नुहुन्छ पार्टीको हाइकमाण्डले निर्णय गर्छ।’ माओवादीबाट भरत साह, युवराज भट्टराई(समीर) र सुनिता यादव मन्त्री पदका आकांक्षी छन्। माओवादीका सचिव गणेश साहका अनुसार कसलाई मन्त्री बनाउनेबारे भोली बिहान १० बजेभित्र पार्टीले अन्तिम टुंगो लगाउने बताए। माओवादीले शुक्रबारसम्म संसदीय दलको नेता, उपनेता, पनि छनोट गर्ने माओवादी नेता साहको भनाई छ।