४६.७६ अंकले नेप्से परिसूचक वृद्धि

Share to:

रासंसा/काठमाण्डौ, पौष २५,

मुलुकमा साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। आइतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको थियो। सोमबार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले बढेको छ। नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ। त्यस्तै,विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। बाँकी अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। सोमबार नेप्से बढेसँगै ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन्। तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य भने ३.५७ प्रतिशत घटेको छ। आज रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Like