रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो, नेटो प्रमुख
एजेन्सी,
विश्वमा नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नका लागि आफू आतुर रहेको र यदि त्यसो भएमा ‘युक्रेनको अर्को जित’ हुने बताएका छन्। युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दाबी गरेको बताएको छ। यो दाबी रुसले आफ्ना सेनाहरूलाई उक्त शहरबाट फिर्ता हुन आदेश दिएको एक दिन पछि बाहिर आएको हो।
‘हामीले आगामी दिनहरूमा राजनीतिक घटनाक्रमको विकास कसरी हुन्छ भनेर हेर्नुपर्छ। किनकि रुस ठूलो दबाबमा छ। तिनीहरूले खेरसन क्षेत्र छोडे भने, यो युक्रेनको अर्को जित हुनेछ,’ एक कार्यक्रममा उनले भने। ‘हामीले देखेका छौं कि कसरी युक्रेनी सशस्त्र सेनाले रूसी सेनालाई पछाडि धकेल्न र आफ्नो क्षेत्र स्वतन्त्र गराउन सक्षम भएको छ,’ स्टोल्टेनबर्गले उल्लेख गरेका छन्। ‘यी सबै उपलब्धिहरू युक्रेनका साहसी सैनिकहरूको कारणले भएको हो,’ उनले भने। उनको सरकारी सहयोगीहरूमा मस्कोप्रति सहानुभूति राख्ने धेरै व्यक्तिहरू रहेको तर उनी आफैंले बारम्बार युक्रेन र रूसविरुद्ध प्रतिबन्धहरूको लागि समर्थनमा जोड दिएकी छन्। ‘एकै समयमा इटलीलगायत नेटो सहयोगीहरूले प्रदान गरेको अभूतपूर्व समर्थनले युद्धको मैदानमा हरेक दिन फरक पारिरहेको छ र युक्रेनी प्रगतिको लागि महत्त्वपूर्ण छ,’ गत महिनाको अन्त्यमा पदभार ग्रहण गरेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगको पहिलो आमने-सामने वार्तापछि स्टोलटेनबर्गले यस्तो बताएका हुन्। मेलोनीले भनिन्- उनका प्राथमिकताहरूमध्ये एक गठबन्धनलाई सुदृढ पार्न काम गर्नु थियो र यसलाई सबै दिशाबाट आउने धम्कीहरूको जवाफ दिन अझ सक्षम बनाउन आवश्यक छ।