अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

भिसा डाइरेक्ट सेवा प्रभु बैंकद्वारा सञ्चालनमा

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २६,

मुलुकमा प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवामार्फत् बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई विदेशबाट बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने जनाइएको छ । यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत् बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Like