चरम भोकमरी अफगानिस्तानमा
एजेन्सी,
विश्वमा अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को संकट देखिएको छ। तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै यो समस्या सुरु भएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘मार्च २०२२ सम्ममा अफगानिस्तानका जनताले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा गम्भीर भोकमरी संकटको सामना गरिरहेका छन्। लामो खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरता र कोभिड–१९ का कारण जनसंख्याको आधाभन्दा बढी अर्थात् २ करोड २८ लाख मानिस प्रभावित भइरहेको प्रतिवेदनमा उल्लेख छ। यसैबीच विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक संकटबारे चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ। एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो। खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले २ करोड २८ लाख मानिस प्रभावित भएका छन्। यो कुल जनसंख्याको आधाभन्दा बढी हो।