अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

हल्का वर्षाको देशका केही स्थानमा सम्भावना

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १५,

मुलुकमा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । मंगलबार राति भने देशका पहाडी भू-भागहरूमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

Like