निर्वाचन आयोगले गगन थापालाई फेरी सोध्यो स्पष्टीकरण

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १२,

मुलुकमा निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । आयोगले कात्तिक ८ गते डेंगुविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझैँ पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको हो । ‘डेंगु महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्छ तर निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्य तपाईं आफैंले गर्न पाउने कानूनी व्यवस्था छैन । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानूनको खिलाफ हुनेगरी कुनै काम गर्छु भनि वक्तव्य दिनु हुँदैन भन्ने विषयको जानकारी तपाईंलाई छैन भनि आयोग विश्वस्त हुन सक्दैन’ स्पष्टीकरण पत्रमा भनिएको छ । पुनः निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य भएको देखिएकाले कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

तपाइको प्रतिक्रिया

Like