हाम्रै सरकार निर्वाचनपछि बन्छ – प्रधानमन्त्री

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ४,

मुलुकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको बताएका छन्।
उनले आगामी २० वर्षसम्म पनि यही गठबन्धन कायम रहनसक्ने बताए। देउवाले गठबन्धन दलभित्र शंका उपशंका वा बहानाबाजी नचल्ने भन्दै एक-अर्कालाई विश्वास दिलाउने गरी काम गर्नुपर्ने बताए। शुक्रबार बुटवलमा आयोजना गरिएको पाँच दलीय गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा बोल्दै देउवाले मुलुकलाई अघि बढाउन निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दावी गरेका हुन्। पार्टीभित्र समान अवसर दिइने भन्दै अहिले टिकट नपाएकाहरूलाई अन्य स्थानमा अवसर दिने बताए।

Like