Sunday, October 18, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

रुपन्देही-२ का राजु गुरुङको उम्मेदवारी खारेज

Share to:

रासंसा/रुपन्देही, कार्तिक ४,

मुलुकमा सत्ता गठबन्धनबाट रुपन्देही-२ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो। आदेशमा भनिएकोछ, ‘अतः कानूनद्धारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्वन्धी अयोग्यता निवेदक राजु गरुङमा कायम रहेको देखिदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ, यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन। अरु कानून बमोजिम गर्ने ।’ न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने गरी आदेश दिएको हो । सर्वोच्चको फैसलासँगै कालो सूचीमा नाम रहेकाले गुरुङ उम्मेदवार हुन नपाउने भएका छन् । रुपन्देही-२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

Like