मनोहरा खोलाकाे बाढीले स्थानीयकाे विचल्ली

Share to:

रासंसा/भक्तपुर, श्रावण २५,

मुलुकमा मध्यपुरथिमि नगरपालिका १ मनोहरा खोलाको किनारामा रहेका सुकुम्बासी बस्तीमा मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण आठ सय भन्दा बढी घरमा बाढी पसेको छ। मनोहरा खोला किनारको सुकुम्वासी बस्तीमा ३ वर्षदेखि बस्दै आएका सुरेन्द्र (नाम परिवर्तन) बताउँछन्। ‘राति १२ बजेतिर सुतिरहेको अवस्थामा अचानक बाढी आउँदा चारैतिर भागाभाग भएको थियो। रातकै समयमा प्रहरी आएर केहीको उद्धार पनि गरे। बस्तीको १/२ घर छोडेर बाँकी सबैमा बाढी पसेको छ। खाने चामलदेखि लगाउने कपडा सम्म केही बाँकी छैन , पहिले पनि यस्तै बाढी आएको थियो, तर सरकारको यो विषयमा ध्यान दिएन। अहिले के खाने के लाउने भन्ने अवस्थामा छौं,’ उनले भने। वर्षाले उर्लिएको मनोहरा खोला सुकुम्बासी बस्तीमा पसेपछि बस्तीका नागरिकको विचल्ली भएको छ। बस्तीबासीहरु खाद्यान्नदेखि लिएर लगाउने कपडासम्म बाढीले बगाएपछि बेलुका के खाने, बालबालिकाहरुलाई के खुवाउने, कहाँ र कसरी सुताउने भनेर चिन्तित छन्। बाढीका कारण विचल्ली भएका त्यहाँका नागरिकहरु सरकारसँग सहयोगको अपेक्षा गरिरहेका छन्। कक्षा ४ मा पढ्ने विकाशको सबै किताब र कापी पानीले भिजाएको थियो। उनी आफू सुरुमा खेलिरहेका थिए। उनकी आमाले किताब भन्दा पनि बेलुका के खुवाउने भन्ने चिन्तामा रहेको बताइन्।सोही बस्ती बस्ने एक परिवार बिहानैदेखि घरभित्र पसेको पानी निकाल्न व्यस्त थियो। बाढी पीडित भन्छिन्, ‘१२ बजे तिर बाढी आएको थाहा पाएका थियौं, स-साना बाबु नानीहरू पनि थिए, कहाँ भाग्ने के गर्ने भयो, लुगा र पकाउने भाडाहरु, टिभि सबै खतम भएको छ। सामानहरु निकाल्ने भन्दा पनि ज्यान कसरी बचाउने सोच भयो। ओड्ने ओछ्याउने, खाना केही छैन। हामी बोल्न नसक्ने हरुले त केही नपाउने रैछौं।’ सोही बस्ती बस्ने विमला तामाङ भन्छिन्, ‘राति सुतिरहेको बेला ढिस्को खस्दा बिउँझिए, एकैछिनमा पानी कोठा भित्रैसम्म आइपुग्यो केही निकाल्न पाएनौं किचनको समान सबै बगायो बेलैमा थाहा पाएर बाँच्याैं नत्र परिवार सबैलाई बगाउने रहेछ।’ सोही बस्ती बस्ने विमला तामाङ भन्छिन्, ‘राति सुतिरहेको बेला ढिस्को खस्दा बिउँझिए, एकैछिनमा पानी कोठा भित्रैसम्म आइपुग्यो केही निकाल्न पाएनौं किचनको समान सबै बगायो बेलैमा थाहा पाएर बाँच्याैं नत्र परिवार सबैलाई बगाउने रहेछ।’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले गएराति १२ बजे तिर आएको बाढीका कारण करिब ५७ लाख बराबरको क्षति भएको बताएका छन्। उनले एउटा छाप्रो र टहरा बगाएको र ५ घरमा पूर्णरुपमा क्षति भएको जानकारी दिए। बस्तीमा अहिले यस्तै समस्या सबैलाई परेको छ। मध्यपुरथिमि नगरपालिका १ वडाध्यक्ष बाबु काजी डंगोलले तत्कालका लागि पीडकहरुलाई प्रशासन र रेडक्रससँगको सहकार्यमा सिरक डसना, खाद्यान्न र खाने पानीको जार उपलब्ध गराउने बताए। उनले सबैको क्षतिको विवरण आएपछि फेरि प्रशासन र सम्बन्धित निकायसँग छलफल गरि थप व्यवस्था मिलाउने जानकारी दिए। खोलाको पर्खालसहित माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भएर पानी घर टहरामा पसेको हो। ‘चाँगुदेखि मनोहरासम्मका खोला किनारका बस्तीहरुमा सबै भन्दा धेरै क्षति पुगेको छ। लत्ता कपडा खाद्यान्न र अन्य घरायसी सामानदेखी पशु चौपाया समेत बगाएको छ तर मानवीय क्षति भने भएको छैन।’, उनले भने। उनका अनुसार प्रहरीले बङ्गुर फार्मबाट ५ सय हाँस, २ सय बङ्गुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारेको थियो। हो, राज्यले खोला नदीका किनारामा घर बनाएर बस्न नदिने रभोलिका दिनहौर्मा यस्ता घटनाहरु घटना नसके व्यवस्था मिलाउन अति जरुरि छ ।

Like