थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
रासंसा/काठमाण्डौ, श्रावण १५,
मुलुकमा देशभर पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४६ जनाको नमूना परीक्षण गरिएको थियो । आइतबार २ सय ९७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार ५ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । २ हजार ६ सय ५१ जनाको पीसीआर र ३ हजार १ सय ९५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Like