अर्थमन्त्रीमा पुन: नियुक्त भएका जनार्दन शर्माले शपथ लिदैं
रासंसा/काठमाण्डौ, श्रावण १५,
मुलुकमा बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेका जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन्। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुन:अर्थमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नभएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन:अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन्। उनको शपथ ग्रहण आइतबार नै हुने बताइएको छ।
Like